स्वतन्त्र र निष्पक्ष न्यायपालिकामाथि कुनै आँच आउन दिन्नँ : राणा

Cholendra rana

काठमाडौं । आज कानुन दिवस । कानुन दिवसका अवसरमा प्रधान न्यायाधीशसहितले शुभकामना दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संविधानले परिकल्पना गरेको स्वतन्त्र र निष्पक्ष न्यायपालिकामाथि कुनै आँच आउन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कानून दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानन्यायाधीश राणाले न्यायीक इतिहासको जटिल र कठिन परिस्थितिमा समेत स्वतन्त्र न्यायपालिकाको मुल्य मान्यतालाई कायम राखेको भन्दै आगामी दिनमा समेत कुनै आँच आउन नदिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

प्रधानन्यायाधीश राणाले जारी सन्देमा भनिएको छ, ‘न्यायपालिकाको नेतृत्वको हैसियतबाट नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितताको लागि सदा क्रियाशील रहने कुराको प्रतिबद्धता व्यक्त गर्दछु ।’

स्वतन्त्र न्यायपालिकाको छविमाथि कहीँ कतैबाट कुनै किसिमको आँच आउन नदिन सधै सचेत, गम्भीर र संवेदनशील रहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपालको संविधानले लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानूनी राज्यलगायतका मूल्य मान्यताहरूलाई आधारभूत संरचनाको रूपमा स्थापित गरेको भन्दै प्रधानन्यायाधीश राणाले सबैले आफ्नो दायित्व निर्वाह गनुपर्ने समेत बताएका छन् ।

 

प्रतिकृया दिनुहोस