चाइना साउथर्नको जहाज नर्थबाट साउथ नउडी साउथबाट नर्थ उड्दा...

Chaina southern airlines

काठमाडौं । चाइना साउथर्नको जहाज चीनको गोन्जाओ उडान भर्ने क्रममा रनवेको टर्निङ पेडमा घुम्‍न नसकेपछि केहीबेर उडानमा समस्या देखिएको छ।

वर्षाका कारण दक्षिणबाट उत्तरतर्फ उड्न खोजेको जहाज कोटेश्वरतिरको रनवेको टर्निङ पेडमा पुगेपछि मुख घुमाउन समस्या भएको थियो । त्यसपछि केही समय जहाज त्यही रोकिएको थियो ।

एयर चाइनाको जहाज सवा १ बजे काठमाडौंबाट चीनको छेन्दु उड्ने क्रममा थियो । यो जहाजले कोटेश्वरतर्फ पुगेर त्यहाँबाट धावनमार्गमा गुड्दै उडान गर्नुपर्ने थियो । तर, ट्याक्सी वेको छेउमा पुगेपछि धावनमार्गतर्फ मोड्ने क्रममा जहाजलाई लम्बाई पुगेन ।

जहाजहरुले सामान्यतयाः नर्थबाट साउथ उडान भर्ने गर्छन् । तर बिहीबार पानीको कारण साउथबाट नर्थ उड्ने क्रममा यस्तो घट्ना भएको हो । जहाजलाई कुनै पनि क्षति नभएको त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णले बताए ।

एयरबस ३३०–२४२ मोडलको वाइडबडी जहाजलाई गाडीले धावनमार्गतर्फ सोझ्याएपछि जहाजले उडान भरेको छ । यो जहाजले २ नाबालकसहित १६२ जना यात्रु बोकेको छ । यी यात्रु नेपालमा अड्किएका चिनियाँ नागरिक हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...