जेठ १८ गतेसम्म सबै अन्तर्राष्ट्रिय नाका बन्द, हवाई उडान पनि बन्द हुने

Hwai sewa

काठमाडौं । छिमेकी भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला सीमा नाका जेठ १८ सम्म बन्द गर्ने र थप कडाई पनि गर्ने भएको छ ।

सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडानमा लगाएको प्रतिबन्धलाई पनि बढाएर जेठ १८ सम्म पुर्‍याएको छ । यसअघि यो प्रतिबन्ध जेठ २ सम्म जारी गरिएको थियो ।

सरकारले सबै अन्तर्राष्ट्रिय नाका बन्द गर्ने निर्णय गरेसँगै छिमेकी देश भारतमा अलपत्र परेका हजारौं नेपाली थप समस्यामा पर्ने भएका छन् । सरकारले गरेको लकडाउनका बीचमा पनि सयौं नेपाली पैदल हिडेर नेपाल छिर्ने क्रम भने अझैं रोकिएको छैन ।

सरकारले जेठ ५ गतेसम्मलाई लकडाउन लम्ब्याउने निर्णय गरेको छ । अघिल्लोपटक सरकारले बैशाख २५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको थियो ।

लकडाउन अवधिमा अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अत्यावश्यकबाहेक अन्य सेवा बन्द रहनेछन् । सरकारले घरबाहिर निस्किनेलाई थप कडाइ गरिने जनाएको छ ।

कोरोना संक्रमण ९कोभिड–१९० रोकथाम र नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकले क्‍वारेन्टाइनमा बस्न नमान्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कडाइपूर्वक कारबाही गर्ने निर्णय यस अघि नै गरिसकेको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।

 

प्रतिकृया दिनुहोस