ग्लोवल फोरमले दियो उदयपुरको मुसहर बस्तीमा राहत

Triyuga help

उदयपुर । ग्लोवल फोरम एगेन्ट्स कास्ट वेस्ड डिस्क्रिमिनेशन (ग्लोबल फोरम) लेउदयपुरको त्रियुगामा रहेको मुसहर बस्तीमा खाद्यन्न सामाग्री वितरण गरेको छ ।

लामो समयदेखि जारी लकडाउनका कारण समस्यामा परेका उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ९ मा रहेका अति पछाडि पारिएको मुसहर बस्तीका १ सय १० घर परिवारलाई अमेरिकामा क्रियाशील ग्लोवल फोरमले मंगलबार राहतस्वरुप खाद्यन्न सामाग्री वितरण गरेको हो ।

जिल्ला बिकास समितिका संयोजक खडकबहादुर परियार, त्रियुगा नगरपालिका वडा नं. ९ का वडाध्यक्ष धनबहादुर दनुबार, ग्लोबल फोरमका स्थानीय प्रतिनिधि तथा दलित अधिकार सन्जालका संयोजक दिलिप रसाइली लगायतको उपस्थितीमा १ सय १० घर परिवारलाई खाद्यन्न सामाग्री वितरण गरिएको हो ।

कोभिड –१९ को रोकथामका लागि सरकारले लकडाउन एक महिनाभन्दा बढी समयदेखि जारी राखेपछि दैनिक ज्यालादारी गरी खाने मजदुर, दलित समुदाय तथा अति सीमान्तकृत परिवारलाई भोकमरीको समस्या देखिएको भन्दै आफुहरुले थोरै भए पनि सहयोग उपलब्ध गराएको अमेरिकास्थित ग्लोवल फोरमका अध्यक्ष तिर्थ बर्माले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...