कोरोना संक्रमणबाट साँढे दुई लाखको मृत्यु, ५० हजार ७४ जनाको अवस्था गम्भीर

Corona virus 14

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको कारण विश्वभर हुनेको सख्ंया २ लाख ५० हजार १ सय ५५ पुगेको छ ।

वल्डोमिटरका अनुसार कोरोना सङ्क्रमणको कारण अहिलेसम्म संक्रमितको संख्या बढेर ३६ लाख १३ हजार ८४ पुगेको छ । संक्रमितमध्ये ११ लाख ७१ हजार ४७ जना उपचारपछि घर फर्किएका छन् । ५० हजार ७४ जनाको अवस्था गम्भीर छ ।

सबैभन्दा धेरै अमेरिकामा ६९ हजार ६ सय जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजारभन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा १२ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् ।

इटलीमा २९ हजार, बेलायतमा २८ हजार, फ्रान्स र स्पेनमा २५र२५ हजार जनाको ज्यान गएको छ । विश्वभर ३६ लाख ४० हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

छिमेकी देश भारतमा कोरोनाको कारण पछिल्लो २४ घण्टामा एक सय ५० भन्दा धेरैको ज्यान गएको छ । योसँगै भारतमा ज्यान गुमाउनेको सङ्ख्या १५ सय ५० भन्दा माथि रहेको छ । भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ९ सयभन्दा धेरै बिरामी थपिएका छन् । भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ४६ हजार चार सय ३० नाघेको छ ।

नेपालमा ७५ जनामा कोरोना सङ्क्रमण भएकोमा १६ जना निको भएका छन् ।

प्रतिकृया दिनुहोस