ताप्लेजुङमा मध्यराति भीषण आगलागी, आगो नियन्त्रण बाहिर

Aayo lagi

ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा भीषण लागलागी भएको छ । शुक्रबार राती करिव साँढे १० बजेतिर अचानक आगलागी सुरु भएको थियो ।

बीच बजारमा भएको आगलागी नियन्त्रणका लागि जनपथ प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासी जुटेका छन् । आगो निभाउन फ्ङलिङ नगरपालिकाको दमकल पनि पुगेको छ ।

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. ५ मा रहेको भट्टराई होटलबाट सुरु भएको सो आगलागीबाट अहिलेसम्म ७ वटा घर जलेर पूर्णरुपमा ध्वस्त भएको छ । तीमध्ये ५ वटा काठको घर पूर्ण रुपमा जलेको र २ वटा पक्की घर जलिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अहिले आगो नियन्त्रण भन्दा बाहिर छ ।

प्रतिकृया दिनुहोस