चिनियाँ राजदूत याङछीको बढ्यो सक्रियता, भेटिन् प्रचण्ड र नेपाललाई

China rajdut hou yanqi

काठमाडौं । पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक किचलो बढेपछि चीनले चासो देखाएको छ । सत्तारुढ दल नेकपाभित्र विवाद भएको समयमा चिनियाँ राजदूतको सक्रियतालाई अर्थपूर्णरुपमा लिइएको छ ।

नेपालको पछिल्लो राजनीतिक खिचातानी र कोरोना महामारीबारे चासो राख्दै नेपालका लागि चिनियाँ राजदूत हाउ याङछीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधव नेपालसँग निवासमै पुगेर भेटवार्ता गरेकी छन् ।

यसअघि उनले बिहीबार राति प्रधानमन्त्री केपी ओलीसँग भेट गरेकी थिइन् । देशभर कोरोना महामारीको संकट उत्पन्न भइरहँदा सत्तारुढ दल नेकपाभित्र भने उच्चस्तरीय नेताहरुबीच मतभेद देखिएको छ ।

नेकपाभित्र पछिल्लो समय बढ्दै गरेको मतभेद र कोरोना महामारीविरुद्ध आवस्यक रणनीति लगायत विषयमा प्रचण्डसँग कुराकानी भएको बताइएको छ । शुक्रबार बिहान चिनियाँ राजदूत हाउले प्रचण्डसँगको भेटपछि नेकपाका बरिष्ठ नेता माधव नेपालसँग पनि भेटवार्ता गरेकी थिइन् ।

प्रचण्डसँगको भेटवार्तामा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि चीनले गरेको सहयोगका विषयमा छलफल भएको थियो ।राजदूत यान्छीले पनि नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएकी छन् ।

प्रतिकृया दिनुहोस