वडाध्यक्ष मुसलमानमाथि चार राउण्ड गोली प्रहार

Goli prahar logo

कपिलवस्तु । कपिलवस्तुमा वडाध्यक्ष सहाबुद्दिन मुसलमानमाथि गोली प्रहार भएको छ ।

कपिलवस्तु जिल्लाको यशोधरा गाँउपालिका–८ का वडाध्यक्ष सहाबुद्दिन मुसलमानमाथि गएराती करिब १ बजे वडा ८ खोरिया गाउँस्थित आफ्नै घरमा चार राउण्ड गोली प्रहार भएको हो ।  

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लका अनुसार उनी सुरक्षित रहेका छन् । सो घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रतिकृया दिनुहोस