अस्ताइन् रेडियो नेपालीकी प्रथम गायीका रानुदेवी अधिकारी

Ranudevi adhikari

काठमाडौं । रेडियो नेपालकी प्रथम गायिका तथा प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको ८४ वर्षको उमेरमा निधन भएको छ ।
सिनमंगलस्थित काठमाडौं मेडिकल कलेजमा शुक्रबार बिहान साढे २ बजे निधन भएको हो । उनको शुक्रबार बिहानै अन्त्येष्टि भइसकेको छ ।

कांग्रेस नेतृ नोना कोइरालाको बहिनीसमेत रहेकी रानुदेवीले निरंकुशता विरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन् ।

२७ नोभेम्बर १९३६ मा वीरगञ्जमा जन्मिएकी उनको बाल्यकाल भारतको बनारसमा बितेको थियो । सानैदेखि शास्त्रीय गायनमा सक्रिय थिइन् । २००६ सालमा रेडियो नेपालमा उनका ६ गीत रेकर्ड भएका थिए । त्यसअगावै पनि उनी विराटनगरमा जागरण गीत गाउने गर्थिन् ।

उनका ‘जुनेली रात हजुर...’, ‘जागे नेपाली उठे नेपाली...’ लगायत गीत चर्चित छन् । तारिणीप्रसादकै शब्दरसंगीतमा कलकत्तामा पनि उनको गीत रेकर्ड भएको थियो ।

रानुदेवीको बाल्यकाल बनारसमा बितेको थियो, त्यहीँ रहँदै उनमा शास्त्रीय संगीतप्रति लगाव बसेको थियो । तारिणीप्रसाद कोइरालाको प्रेरणामा उनी राणाशासनविरुद्धको लडाइँमा कला र सांगीतिक मोर्चामा होमिएकी थिइन् ।

नेपाली राजनीतिकी आदर्श व्यक्तित्व नोना कोइरालाकी बहिनी हुन्, रानुदेवी । इतिहासमा स्नातकोत्तर रानुदेवीले २०२३ देखि २०५३ सालसम्म अध्यापन गरेकी थिइन् । २००६ सालमै उनको विराटनगरका तीर्थप्रसाद अधिकारीसँग विवाह भएको थियो । त्यति बेला उनी ८ कक्षामा पढ्दै थिइन् । उनका एक छोरा र दुई छोरी छन् ।

छोरा र जेठी छोरी अमेरिकामा बस्छन् । उनी कान्छी छोरीसँग काठमाडौंमा बस्दै आएकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...