मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित मध्यम वर्षा हुने

Mausm news

काठमाडौं । बिहीबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार अहिले देशभर पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू–भाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनुका साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको छ ।

हाल पुर्वी भू–भागमा सामान्य बदली र मध्य पहाडी भू–भागमा आंशिक बदली भै अन्य वाँकी भू–भाग मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

आज राती देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तस्विर : सुरज गौतम/निशान न्युज

प्रतिकृया दिनुहोस