हजुरआमा बितेपछि बेसाहरा बने कैलाली कुसुमघाटका ३ बालबालिका

Vajani kanchur balbalika news

काठमाडौं । कैलाली जिल्लाको भजनी नगरपालिका वडा नं. ३ कुसुमघाटकी भुमिका विक १० वर्षकी भइन् । उनी १२ गते शनिबारसम्म हजुरआमाको काखमा रमाउँथिन् । हजुरआमासँगै रुन्थिन्, खेल्थिन् ।

तर, यतिबेला उनी आफ्ना १४ वर्षीय दाजु भुवन र १२ वर्षीय दिदी भावनासँग बस्दै आएकी छन् । उनले आफुलाई धेरै माया गर्ने हजुरआमा ५५ वर्षीय हजुरआमा मनसरा देवी विकको काख त्यही शनिबार गुमाइन् ।

मेगबहादुर विश्वकर्मा भारतको गुजरातमा मजदुरी गर्छन् । उनी श्रीमतिसहित गुजरातमै मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका छन् । उनका ३ जना छोराछोरीलाई भने मनसराले हेर्दै आएकी थिइन् । तर, शनिबार उनको मृत्यु भएपछि तीनै जना बिचल्नीमा परेका छन् ।

मेगबहादुर लकडाउनका कारण नेपाल आउन नसक्दा भारतको गुजरातमै बसेर आफ्नी आमाको काजकिरिया गरिरहेका छन् । उनलाई आफ्नी आमाको काजकिरिया गर्न आफ्नै भुमीमा आउने रहर थियो । तर लकडाउनका कारण आउन सकेनन् ।

उनले नेपाल आउन भारतीय अधिकारीसँग अनुनय पनि गरेकै हुन् । तर लकडाउनका बेला जान नदिने भनेपछि गुजरातमै आमाको काजकिरियामा बसेका छन् ।

उनी नेपाल आउन नसक्दा भजनी –३ कुसुमघाटमा रहेका तीन जना छोराछोरीको अवस्था दयनीय बनेको छ । त्यसमा पनि लकडाउनका कारण काम गर्न नपाएका कारण उनीहरुलाई दैनिक छाक टार्न पनि धौधौ परेको छ ।

स्थानीय तहले गाउँमा राहत वितरण गरिरहेको भए पनि अहिलेसम्म राहत पाएका छैनन् । ‘वुवा आमा पनि आउनु भएन, अहिले हामी भोकै परेका छौं’ भवनले भने, ‘हामीलाई कसैले सहयोग गरेका छैनन्, हामीले काम पनि पाएका छैनौं । हामी त मर्ने अवस्थामा पुगेका छौं ।’

यी तीन जना बालबालिका लकडाउनका कारण भोकभोकै रहँदा पनि स्थानीय जनप्रतिनिधि र अधिकारकर्मीको ध्यान जान सकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...