कोरोना संक्रमण रोक्न सिंगो गाउँपालिकामा सिल

Baradasi gaupalika jhapa

झापा । झापाको बाह्रदशी गाउँपालिकामा कोरोनाका बिरामी पुष्टि भएसँगै स्थानीयमा त्रास फैलिएको छ । कोरोना संक्रमित बिरामी भेटिएपछि सिल पनि गरिएको छ ।

प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनको समेत सहभागितामा सम्पन्न बैठकले गाउँपालिकाको पूर्वतर्फ कञ्चनगढ, पश्चिममा विरिङ खोला, उत्तरमा पाख्रिबास र दक्षिणमा राधानगर (घाग्रा खोला) सम्मको चार किल्ला भूभाग सिल गर्ने निर्णय गरेको छ ।

दिल्लीको निजामुद्दीनस्थित मर्कजमा आयोजित मुस्लिम धार्मिक सभाबाट फर्किएका बाह्रदशी ४ स्थित चकचकी निवासी ५० वर्षीय जमाती पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै गाउँपालिकाले वैखाख १५ गतेबाट उच्च सतर्कता अपनाउँदै सिल गरेको हो ।

दिल्लीको धार्मिक सभामा सहभागी भएर घर फर्किएका जमातीमा आइतबार ४५ दिनपछि कोरोना संक्रमणको पुष्टि भएको थियो । गत मार्च १ देखि १५ मार्चसम्म चलेको दिल्लीको मुस्लिम सभामा सहभागी हुन उनी मार्च ३ गते दिल्ली पुगेका थिए ।

मार्च ११ गते घर फर्किएका उनको यसअघि दुई पटक आरडिटी परीक्षण गर्दा कोरोना संक्रमण रिपोर्ट नेगेटिभ आएको थियो। उनको गत वैशाख ४ पहिलो पटक र शनिबार मात्रै दोस्रो पटक आरडिटी परीक्षण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीको अध्यक्षतामा सोमबार बिहान बसेको बैठकले अर्को आदेश नहुन्जेलसम्म आवतजावतमा पूर्ण निषेध गर्ने निर्णय गरेको हो । बैठकले गाउँपालिका अध्यक्ष राजवंशीकै अध्यक्षतामा निषेधित क्षेत्रको समन्वयका लागि ९ सदस्यीय समिति समेत गठन गरेको छ ।

योसँगै झापामा कोरोना संक्रमितको सङ्ख्या दुई पुगेको छ । यसअघि वैशाख १२ गते दमकमा ६२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनका छोरा दुबईबाट फर्किएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...