आइसोलेसनमा मृतक युवतीको परीक्षण नेगेटिभ

Corona test kit

मकवानपुर । र्‍यापिड टेष्ट पोजेटिभ आएकी वीरगञ्जकी युवतीमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

तीनपटकको र्‍यापिड टेष्ट पोजेटिभ आएपछि आइसोलेसनमा राख्नका लागि नारायणी अस्पताल लगेको युवतीको मृत्यु भएको थियो ।

पर्साको वीरगञ्ज–१० अशोकबाटिका बस्ने २३ वर्षीया युवतीको मृत्यु भएको थियो । ब्लड क्यान्सरबाट पीडित उनको स्वाब परीक्षण रिपोर्ट भने नेगेटिभ आएको हो ।

प्रतिकृया दिनुहोस