कोरोनाले विराटनगरका लोकेन्द्र कार्कीको मृत्यु

Lokendra karki

काठमाडौं । कोभिड १९ का कारण अमेरिकाको कोलोराडो राज्यमा बस्दै आएका ६१ वर्षीय लोकेन्द्र कार्कीको मृत्यु भएको छ ।

बोल्डरस्थित कम्युनिटी अस्पतालमा ११ दिनअघि उनी कोभिड १९ को उपचारका लागि अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा मृत्यु भएको कार्कीका पारस ओझाले जानकारी दिए ।

मोरङको बिराटनगर महानगरपालिका वडा ३, घर भएका कार्कीका एक श्रीमती, एक छोरा र दुई छोरी छन् । कार्कीकी श्रीमती र कान्छी छोरी केही समयका लागि नेपाल गएको जानकारी दिइएको छ । कार्की नेपालमा छँदा प्रहरी सेवामा कार्यरत थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...