महामारीपछि सामाजिक अस्थिरता, बेरोजगार र हिंसा बढ्न सक्ने खतरा : परिवार दल

Pariwar dal

काठमाडौं । नेपाल परिवार दलले तुरुन्त कोभिड १९ पीडितहरुको लागि राहत प्याकेज घोषणा गर्न माग गरेको छ । सो दलले महामारीको कारण सामाजिक अस्थिरता, बेरोजगार र हिंसा बढ्न सक्ने खतराप्रति सरकारलाई सचेत पनि गराएको छ ।

शनिबार बसरेको सो दलको बैठकले महामारीमा सबै तह र तप्काका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुलाई कोरोनाभाइरस बिरुद्धको लडाईमा आग्रपन्तिमा उत्रिन कार्यकर्ताहरुलाई अनुरोध गरेको छ ।

परिवार दलले देश भित्र र बाहिर रहेका सम्पूर्ण नेपाली नागरिकमा सामजिक एकता, सहयोग, प्रेम, सदभाव र भाइचाराको भावना फैलाउँदै सरकारले कोभिड १९ को रोकथाम र नियन्त्रणका खातिर चलेका सबै कदमहरुलाई सहयोग गर्न अपिल पनि गरेको छ ।

अध्यादेश फिर्ता गर्ने निर्णय गरेकोमा सरकारलाई धन्यवाद दिदै कोभिड १९ को रोकथाममा सरकारले गरेको प्रयासको बैठकले प्रशंसा गरेको छ ।

नेपाल परिवार दलका अध्यक्ष एकना ढकालको अध्यक्षतामा बसेका केन्द्रिय कार्यसम्पादन समितिको सो बैठकले तत्कालिन नेपाल संघीय समाजवादी पार्टी परित्याग गरी नेपाल परिवार दलमा प्रवेश गरेका अनिल भण्डारी (काठमाडौं) र श्रीमति बुद्धिमाया पुन (रुपन्देही) लाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित गरेको छ ।

परिवार दलले केही समयअघि सयुक्त राज्य अमेरिका र बिद्रोही तालिवानबीच भएको श–सर्त शान्ति सम्झौता तथा सयुक्त राष्ट्र संघका महासचिब महामहिम एन्टोनियो गुटेरेसले कोभिड १९ को बिरुद्धमा प्रभाबकारी तरिकाले लड्नका लागि मार्च २३ मा विश्वभर युद्ध लडिरहेका सबैसँग युद्धविरामको लागि गरेको प्रस्तावलाइ स्वागत गरेको छ ।

बैठकले कोभिड १९ संग लड्दै गर्दा र कोभिड १९ को समाधानपछिको समेत परिस्थितिलाई ध्यानमा राखी नेपाल परिवार दलले प्रशिक्षण, सदस्यता वितरण तथा नवीकरण, चन्दादान र सहयोग, सूचना, बैठक, सार्बजनिक सुनुवाई आदि अनलाइन प्रणालीद्वारा गर्ने प्रबिधि विकास गर्न ‘सूचना प्रबिधि विभाग’ गठन गर्ने निर्णय पनि गरेको छ ।

सय क्वीइटल चामल दिने
कोभिड १९ को महामारीमा राहतस्वरूप परिवार दलले एक सय क्वीन्टल चामल सहयोग गर्ने भएको छ ।

महामारीको कारण सृजित लामो लाकडाउनले पिडित बनेका अति बिपन्न नेपाली समुदाय भोकै बस्न नपरोस भनेर खाद्यान्न सहयोग गर्ने निर्णय गरेको दलका अध्यक्ष एकनाथ ढकालले जानकारी दिए ।

उक्त राहत स्थानीय निकाय तथा सुरक्षाकर्मीहरुसँगको समन्वयनमा सरकारले निर्धारण गरेको मापदण्डअनुसार वितरणको व्यवस्था मिलाउन परिवार दलले जिल्ला समन्न्वयन समितिलाई निर्देश गरेको छ । यसअघि नेपाल परिवार दलले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा संचारकर्मीहरुलाई हजारौं थान मास्क वितरण गरिसकेको छ ।

प्रतिकृया दिनुहोस