गोल्डेन टच सहकारीद्धारा समाज विकास छात्राबासमा खाद्यन्न वितरण

Student rahat

काठमाडौं । काठमाडौंको विजेश्वरीस्थित समाज विकास छात्राबासमा बसेर अध्ययतरत विद्यार्थीलाई जागरण मिडिया सेन्टरको पहलमा खाद्यान्न सामग्री उपलब्ध गराएको छ ।

जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्माको पहलमा गोल्डेन टच बचत तथा ऋण सहकारी संस्था न्युरोड, काठमाडौंले छात्राबासलाई राहतस्वरुप शनिबार खाद्यान्न सामग्री प्रदान गरिएको हो ।

छात्राबासलाई १२ बोरा चामल, ८१ किलो आलु, २५ किलो दाल, २ कार्टुन तेल र १० प्याकेट नुन प्रदान गरिएको छ । छात्राबासमा विभिन्न जिल्लाबाट दलित समुदायका विद्यार्थी आएर उच्च शिक्षा अध्ययनका लागि बस्ने गरेका छन् ।

कोरोना रोकथामका लागि एक महिनादेखि जारी लकडाउनका कारण समस्यामा रहेको छात्राबासलाई खाद्यान्न उपलब्ध गराईएको गोल्डेन टच सहकारीका अध्यक्ष गोविन्द थापामगरले बताए ।

जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्मा, सहकारीका अध्यक्ष गोविन्द थापामगरसहित उपाध्यक्ष मानबहादुर थापामगर, सचिव पुष्कर महर्जन, कोषाध्यक्ष किशोरकुमार पाण्डेय, सदस्य दामोदर बस्याल लगायतको टोली राहत वितरण गर्न छात्रबास पुगेका थिए ।

छात्राबासको विधार्थी क्षमता ७० जनाको भए पनि लकडाउनका कारण २० जना बिद्यार्थी घर जान नसकेर छात्रावासमै रहेको र यो सहयोगले अहिलेको परिस्थितिमा ठुलो सहयोग पुगेको छात्रबासका वार्डेन राम नेपालीले बताए ।

प्रतिकृया दिनुहोस