चीनमै बन्यो कोरोनाविरुद्धको भ्याक्सिन, पाकिस्तानमा भ्याक्सिन लन्च गर्ने चिनिया प्रस्ताव

Chen pla 1

काठमाडौं । चीनकै वुहानबाट शुरु भएको कोभिड –१९ (कोरोना भाइरस) को संक्रमणले विश्वमा महामारीको रुप लिइरहेका बेला चीनको जनमुक्ति सेना (पिपुल्स लिबरेशन आर्मीले कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माणको जिम्मवारी पाएसँगै सफलता प्राप्त गरेको छ ।

अहिले संसारभर मानव ट्रायलमा रहेको भ्याक्सिन निर्माणका ७ कम्पनीमध्ये चीनवटा कम्पनी चीनका छन् । पाकिस्तानका नेशनल इन्टिच्युट अफ हेल्थलाई पठाएको चिठ्ठीमा कोरोनाविरुद्धको भ्याक्सिन लन्च गर्ने एक कम्पनीका लागि प्रस्ताव गरिएको छ ।

ह्युमन क्लिनिकल ट्रायलका लागि पिएलएको एकेडेमी अफ मिलिटेरी मेडिकल साइन्सले काम गर्ने जिम्मेवारी पाएको छ । ट्रायलको नेतृत्व मेजर जनरल चेन वेईले गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी जनमुक्ति सेनाको प्रमुख बायलोजिष्ट एवं प्रख्यात वैज्ञानिक हुन् ।

चीनले ह्युमन ट्रायल अप्रिलको दोस्रो हप्ता सुरु गरेको थियो । यस्तो सफलता प्राप्त गर्ने चीन पहिलो देश हो । यो ह्युमन ट्रायल चीनको वुहानमा रहेको पिएलए सेन्टरमा गरिएको छ ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार सिनोफार्म कम्पनीले कोभिड १९ विरुद्धको भ्याक्सिनको क्लिनिकल ट्रायलमा सहभागी हुन पाकिस्तानको स्वास्थ्य विभागलाई आग्रह गरेको छ ।

१७ मार्चमा हङकङमा चिनियाँ फार्मा कम्पनी क्यानसिनो बायोलोजिकल सूचीकृत गरिएको छ । यस कम्पनीले चिनियाँ रिसर्चरको सहयोगमा भ्याक्सिन बनाइरहेको छ । यो कार्यक्रममा तिहआनजिङ विश्वविद्यालयका होउ लिहुआ र प्रख्यात वैज्ञानिक फेङकाइ झूले नेतृत्व गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...