मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना

Weather nepal

काठमाडौं । केही दिनदेखि नेपालका अधिकांस स्थानमा मौसम परिवर्तन भइरहेको छ । आज पनि देशभर आंशिक बदली रहेको छ ।

अहिले देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बंगालको खाडिवाट समेत जलवाष्फ युक्त हावा नेपाल भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार विशेषगरी मध्य र पूर्वका तराई क्षेत्रमा अलि शक्तिशाली खालको हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौमसविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार आज दिउँसो १/२ बजेपछि मौसम बदली भई देशका मध्य र पूर्वका धेरै स्थान तथा पश्चिमका थोरै स्थानमा हावाहुरी मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुने सम्भावना छ ।

माैसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ: मध्य र पूर्वी भू-भागका धेरै र पश्चिमी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना देखिएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा मौसमको अवस्था आगामी आइतबारसम्मै यस्तै रहने देखिएको छ ।

मध्य र पूर्वी भू–भागका धेरै स्थानहरुमा र पश्चिमी भू–भागका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आज राती देशभर आंशिकदेखि सामान्य बदली रहि मध्य र पूर्वी भूभागका केही स्थानमा र पश्चिमी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस