विनासकारी भूकम्पको ५ वर्ष : ३ खर्ब ८१ अर्ब खर्च, काम अझैँ अधूरो

Barpak story

काठमाडौं । विनाशकारी भूकम्प गएको आज पाँच वर्ष पुगेको छ । २०७२ वैशाख १२ गतेको भूकम्पको पाँचौँ स्मृति दिवस आज मनाइँदैछ ।

२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पका कारण आठ हजार सात सय ९० जनाको ज्यान गएको थियो । झण्डै २२ हजार नागरिक घाइते भएका थिए ।

भूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रे, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति भएको थियो । यी जिल्लालाई सरकारले अति प्रभावित भनी परिभाषित गरेको छ ।

प्राधिकरणले निजी आवास पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति भएको जनाएको छ । भूकम्पले सात हजार ५ सय ५३ विद्यालय, ९ सय २० सांस्कृतिक सम्पदा, एक हजार सय ९७ स्वास्थ्य संस्था, ४ सय १५ सरकारी भवन, सुरक्षा निकायका १ सय ९४ संरचना, ७ सय ६२ किमी सडक संरचना र एक हजारभन्दा बढी खानेपानी संरचनामा क्षति पुगेको थियो । भूकम्पपछिको पुनःनिर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना भएको छ ।

गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट ध्वस्त भएका निजी आवास पुनर्निर्माणको काम लकडाउनका कारण रोकिएको छ । ९ सय २० वटा सम्पदामध्ये चार सय दुई वटा सम्पदाको पुनर्निर्माण भएको छ । महत्वपूर्ण धरोहर धरहरासहित रानीपोखरी, काष्ठमण्डप, सिंहदरबार, नुवाकोट दरबार, गुम्बालगायतको पुनर्निर्माण सक्ने काम पनि बाँकी नै छ ।

झण्डै ७० हजार घरलाई सुरक्षित बनाउन प्रबलीकरणको काम भने बाँकी नै छ । भूकम्प प्रभावित ३२ जिल्लामा क्षतिग्रस्त सात हजार पाँच सय ५३ विद्यालयमध्ये पाँच हजार पाँच सय ९८ विद्यालय बनिसकेका छन् । एक हजार एक सय ९७ वटा स्वास्थ्य संस्थामध्ये ६ सय ६९ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माण सकिएको छ ।

राष्ट्रिय योजना आयोगले २०७२ मा गरेको विपद्को क्षति आकलन प्रतिवेदनअनुसार ४ लाख ९५ हजार ८५२ घर पूर्णरूपमा र २ लाख ५६ हजार ६५७ घरमा आंशिक क्षति पुगेको थियो ।

प्राधिकरणले ४ लाख ९४ हजार ४४ अर्थात् ६३ प्रतिशत लाभग्राहीको निजी आवास पुनर्निर्माण सम्पन्न भएको र थप १ लाख ९० हजार १४५ अर्थात् २५ प्रतिशत लाभग्राही पुनर्निर्माणको चरणमा रहेकोसहित समग्रमा ८८ प्रतिशत भएको जानकारी गराएको हो ।

प्राधिकरणले अन्तिम किस्ता भुक्तानीका लागि प्रमाणीकरण गरिएका लाभग्राहीको संख्या ५ लाख ६१ हजार ६५० अर्थात ७२ प्रतिशत पुगेको जनाएको छ ।

प्राधिकरणले विभिन्न क्षेत्रमा पुनर्निर्माणका क्रममा हालसम्म ३ खर्ब ८१ अर्ब खर्च गरेको छ । जसमा नेपाल सरकार र दातृ निकायबाट ३ खर्ब ९ अर्ब रुपियाँ र गैरसरकारी संस्थामार्फत ७२ अर्ब रुपियाँ भएको प्राधिकरणले जनाएको छ ।

पुनर्निर्माण प्राधिकरकणको समयवधि आगामी पुस १० मा सकिँदै छ । त्यो समयसम्म पुनर्निर्माण काम सकिँदैन । कामको गति दु्रत बनाउनुपर्ने बेला कोरोना संक्रमण रोक्न लकडाउन भएको छ । यसअघि पुससम्म काम सक्ने लक्ष्य प्राधिरणले लिएको थियो ।

कोभिड–१९ अर्थात कोरोना भाइरसको महामारीले विश्वव्यापीरूपमा प्रभाव पारेको र नेपालमा पनि एक महिनादेखि लकडाउन भएकोले प्राधिकरणले पुनर्निर्माणमा असर परेको जनाएको छ ।

धेरै क्षेत्रबाट प्राप्त सहयोग र सद्भावले गर्दा नै पुनःनिर्माण एवं पुनःस्थापनाबारे आत्मविश्वास र गौरवका साथ प्राप्त उपलब्धि, अनुभव एवं सिकाइलाई विश्वसामु राख्ने तहमा आइपुगेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताउँछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...