जनकपुरधामका पत्रकारलाई राहत वितरण गरिँदा विभेद

Janakpur rahat

जनकपुरधाम । नेपाल पत्रकार महासंघ धनुषा शाखाले वितरण गरेको राहत समस्यामा परेका भन्दा पनि हुनखाने पत्रकारहरुलाई दिइएको पाइएको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष अनिल मिश्रको पहलमा जिल्लाका ६५ जना पत्रकारलाई राहत स्वरुप १० किलो चामल, ४ किलो आलु, २ किलो प्याज, एक किलो दाल, एक लिटर तेल, १ केजी नून सहितका सामाग्री वितरण गरेको थियो ।

जिल्लामा हुनेखाने र सम्पन्न पत्रकारहरुलाई राहतका नाममा खाद्यन्न वितरण गरिँदा जिल्लामा आर्थिक अवस्था कमजोर भएका र लकडाउनका कारण दैनिक गुजारा चलाउनै कठिन भएका दलित पत्रकारहरुलाई राहत नदिएको राष्ट्रिय दलित पत्रकार संघ नेपालले जनाएको छ ।

संघका जिल्ला अध्यक्ष कुलदीप दास ‘प्रेम’ ले आर्थिक रुपमा सवल नरहेका दलित पत्रकारलाई राहत वितरण नगरिएकोमा आपत्ति जनाए । उनले राहत वितरणमा विभेदपूर्ण व्यवहार गरिएकोमा आपत्ति जनाए ।

‘राज्य सधैं दलितसंग विभेद गर्दै आएको छ । तर देशको चौथोे अंगको रुपमा मानिने नेपाल पत्रकार महासंघकै अध्यक्षबाट दलित पत्रकारसँग विभेद भयो’ उनले भने, ‘शिक्षक, कर्मचारी तथा सरकारी पत्रकारलाई राहतको लिस्टमा राख्ने तथा दलित पत्रकारलाई नराखी विभेद गरेको स्पष्ट देखियो ।’

नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष राजन कुमार सिंहले ३ लाखको गाडीमा चढेर हिड्ने पत्रकारलाई राहत दिँदा समाजमा नराम्रो सन्देश जाने बताए ।

प्रतिकृया दिनुहोस