देउसीभैलो खेलेर जम्मा गरेको रकमले लकडाउन पीडितलाई खाना खुवाउँदै सिपाडोल परोपकार समाज

Khana vaktapur

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलको संयोजनमा सिपाडोल क्षेत्र परोपकार समाजले गरेको लकडाउनका अवधीमा पाँच हजारलाई निःशुल्क रुपमा खाना खुवाएको छ ।

लकडाउनका कारण दैनिक सयौं मानिस आफ्नो घर जानेहरु बिचल्नीमा परेपछि अरनिको राजमार्गअन्र्तगत भक्तपुरको जगाती क्षेत्रमा मेस राखेर सर्वसाधारण वटुवालाई शनिबारदेखि निःशुल्क खाना खुवाउन थालिएको थियो । शनिबारदेखि बुधबारसम्म झण्डै पाँंच हजारलाई खाना खान पाएको सिपाडोल क्षेत्र परोपकार समाजका अध्यक्ष मणिरत्न बज्राचार्यले जनाए ।

महानगरीय प्रहरी बृत जगातीका सवारी चेकजाँंच क्षेत्रमा अस्थायी टेण्ट बनाई दाल, भात, तरकारी र अचारसहितको साधारण खाना खुवाउन सुरु गरेको थियो । पहिलो पटक शनिबार बिहान एक सयभन्दा बढी सर्वसाधारणले निःशुल्क खाना सुविधा पाएको जनाइएको छ । त्यसपछि क्रमशः प्रत्येक दिन खाना खानेहरुको संख्या बढ्दै गएको थियो ।

समाजका संरक्षक बालकृष्ण सापकोटाले राजमार्ग खण्ड भएर हिडेर आएका लकडाउनपीडित सर्वसाधारणको सुबिधाको लागि निःशुल्क खाना सुविधा दिएको जनाए । बिहान र बेलुकी दैनिक दुई छाक खाना खुवाइएको थियो । राजमार्गबाट हिडेर आउने लकडाउनपीडित सर्वसाधारणलाई केन्द्र बनाएर खाना खुवाउन थालेको थियो ।

समाजले प्रत्येक वर्ष देउसीभैलो खेलेर जम्मा पारेको पैसाको कोषबाट खाना खुवाउन थालेको थियो । तर पछि सहयोगीहरुबाट दाल, चामल, पानी, तरकारी, नगद लगायतको सहयोग भएको थियो ।

खाना खुवाएको ठाउँं राजमार्गमै रहेको छ । त्यहाँं बोर्ड पनि राखिएको छ । साथै अस्थायी रुपमा हात धुन ट्यांकी पनि राखिएको छ । साथसाथै त्यहाँं अस्थायी टेण्ड पनि बनाइएको छ । त्यहाँं खाना खाने मानिस भने प्रत्येक पटक फरकफरक हुनेछन् । किनकि त्यो राजमार्ग भएर हिडेर आउने सर्वसाधारणलाई केन्द्र बनाएर राखिएको छ । खाना राजमार्ग छेउमै टेण्ट बनाएर पकाइएको छ ।

प्रतिकृया दिनुहोस