पानीको पाइपमा पनि कोरोना भाइरस !

Perish 1

काठमाडौं । फ्रान्सको राजधानी पेरिसको पाइपलाइनहरुमा कोरोना भाइरस भेटिएको छ । सडक सफा गर्ने, भवन निर्माणमा प्रयोग गरिने, फूलबारी, बगैंचामा सिंचाइ गर्ने र आगजनी हुँदा प्रयोग गर्ने पानीमा कोरोना भाइरसको अंश फेला परेको हो ।

यस प्रकारका पानीका पाइपलाइनमा कोरोना भाइरसको अंश फेला परेपछि पेरिसका पिउने पानी बाहेक अन्य सबै पापलाइनहरुको सञ्‍जाललाई अनिश्चित कालका लागि विच्छेद गरिएको छ ।

महानगरपालिकाको खानेपानी विभागको प्रयोगशालाले २७ वटा नमुना परीक्षण गर्दा चार वटा नमुनामा कोरोना भाइरसको अंश फेला परेको पेरिस महानगरपालिकालाई उद्धृत गर्दै फ्रान्सेली सञ्‍चारमाध्‍यम ले मोन्‍डेले जनाएको छ ।

त्यसलगत्तै जनस्वास्थ्यलाई ख्याल गरेर अधिकारीहरुले पेरिसका पानीका सबै पाइपलाइनको सञ्जाल विच्छेद गर्न निर्देशन दिएका थिए । तर पिउने पानीका पाइपलाइन भने अलग्गै संयन्त्र, मार्ग र पाइपबाट आउने र तिनमा भाइरस फेला नपरेकाले सुरक्षित रहेको दाबी गरेका छन् ।

भाइरस फेला परेका पाइपबाट आउने पानी सेन नदी र ऊर्क नहरबाट बिनाप्रशोधन सिधै ल्याउने गरिन्छ । यो पानी बगैंचा, पार्क, उद्यानमा सिँचाइ गर्न, सडक सफा गर्न, भवन निर्माणलगायतका काममा प्रयोग गरिन्छ ।

प्रतिकृया दिनुहोस