कमिट नेपालले दियो वादी समुदायलाई सहयोग

Badi help news

काठमाडौं । लकडाउनका बेला समस्यामा परेका वादी समुदाय र दैनिक ज्यालादारी गरी छाक टार्दै आएका मजदुरका परिवारलाई सामुदायीक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपाल बाँकेले राहत प्रदान गरेको छ ।

कमिट नेपालले बाँके जिल्ला कोहलपुर वडा कार्यालयसँग समन्वय गरेर १२ र १३ नं. वडामा बसोबास गर्ने ज्याला मजदुरी गर्ने अति बिपन्न सुकुम्बासी बादी समुदायका ३२ घर परिवारलाई ५१ हजार २ सय रुपैयाँ बराबरको खाद्यन्न सामग्री वितरण गरेको छ । यहाँ अझैं तीन समय घर वादी परिवार आर्थिक संकटमा परेका छन् । उनीहरुलाई पनि राहत प्रदान गरिने बताइएको छ ।

त्यसैगरी कमिट नेपालले दैलेखको नारायण नगरपालिका वडा नं १ मा दैनिक ज्यालादारी गरी जिविकोपार्ज गर्दै आएको ४० घर परिवारका लागि ४० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । उनीहरुका लागि नारायण नगरपालिकाको खातामार्फत सो रकम सहयोग गरिएको अध्यक्ष प्रकाश नेपालीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...