मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना

Weather nepal

काठमाडौं । हाल देशमा स्थानीय तथा पश्विमी वायुको प्रभाव रहेकाले मौसम बदली भइरहेको छ ।

जल तथा मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पूर्वी क्षेत्रसहित पहाडी भू-भाग र तराईका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

नेपालमा जारी पश्चिमी वायुको प्रभाव अझै सक्रिय रहने छ । देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षा हुन सक्ने देखिएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
बैशाख ८ गते (सोमबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ। अपरान्ह पश्चात् पूर्वी क्षेत्र लगायत अन्य पहाडी भू-भागका केही स्थानहरुमा साथै तराईका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भूभागका केहि स्थानहरुमा साथै पूर्वी तराईका एक-दुई स्थानमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख ९ गते (मंगलबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ। अपरान्ह पश्चात् पहाडी भू-भागका केही स्थानहरुमा साथै पश्चिमी तराईका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख १० गते (बुधबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ । अपरान्ह पश्चात् पहाडी भू-भागका केही स्थानहरुमा साथै पश्चिमी तराईका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहने छ । पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

प्रतिकृया दिनुहोस