कृतिम अभाव रोक्न संघले थाल्यो अनुगमन

Dkt bajar anugaman

धनकुटा । लकडाउनको समयमा खाद्य बस्तुमा कृतिम अभाव गरिएको गुनासो बढेपछि धनकुटा उद्योग बाणिज्य संघले धनकुटा बजारमा अनुगमन शुरु गरेको छ ।

कोरोनाको संक्रमणका कारण बजारमा खाद्य पदार्थ लगायतका दैनिक उपभोग्य वस्तुमा कृतिम अभाव सिर्जना गरिन सक्ने अवस्थालाई मध्यनजर राख्दै संघले शनिबारदेखि धनकुटा बजारमा अनुगमन थालेको हो ।

संघले धनकुटा बजारका सबै पसलहरुमा अनुगमन गर्दै सामाग्री बिक्रि वितरण गर्दा दुरी कायम गर्न अनुरोध गरेको छ । लकडाउनको समयमा दैनिक उपभोग्य तथा अत्यावाश्यक समाग्रीहरुको उपलब्धता र बिक्रि वितरणको अवस्था, मुल्यको अवस्था, दुरी निर्धारणको पालना गरे नगरेको लगायतका विषयमा बजार अनुगमन गर्दै सुरक्षित सामाग्रीहरु प्रदान गरेको हो । संघले व्यापारीहरुलाई मास्क, सेनिटाईजर र पञ्जा पनि वितरण गरेको छ ।

अनुगमनका क्रममा व्यापारीहरुलाई मुल्य सूची राख्न, सामान बिक्रि वितरण गर्दा कम्तीमा एक मिटर दुरी निर्धारणको पालना गर्न र समयावधि समाप्त भएका खाद्य वस्तुहरु बिक्रि वितरण नगर्न र सुरक्षित ढंगले सामान विक्रि वितरण गर्न र पैसा लेनदेन गर्दा थुक नलगाई सेनिटाईजरले हात धोएर मात्र लेनदेन अनुरोध गरिएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले बताए ।

अनुगमन टोलीमा संघका अध्यक्ष राई, कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्यहरु रिदम श्रेष्ठ, लिजा श्रेष्ठ, अम्विकादेवी धमला, कार्यालय प्रमुख सिचन प्रधान, कर्मचारी नवराज श्रेष्ठलगायत संलग्न छन् ।

संघले धनकुटा बजार लगायत धनकुटाको हिले, सिधुवा, पाख्रिवास, जितपुर, मुलघाट, लेगुवा बजारलगायत सबै बजार क्षेत्रहरुमा अनुगमन गरिने संघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...