भारतले अनुमति नदिँदा अझैं घर फर्किन पाएनन किरियापुत्रीले

Kriya putri

दार्चुला । भारतीय पक्षबाट सहमति नआउँदा भारतको बलुवाकोट क्वारेन्टाइनमै बसेर आमाको किरिया बस्न बाध्य भएका दार्चुलाको शैल्यशिखर नगरपालिका–१ का वासुदेव भट्टलाई सरकारले अझै घर फर्काउन सकेको छैन ।

बुधबार लिखित रूपमा धारचुला तहसिल कार्यालयमार्फत पिथौरागढका जिल्लाधिकारीलाई पत्राचार गरिएको छ । तर, भारतीय प्रशासनबाट अझै सहमति नआएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

१८ दिनदेखि बलुवाकोटको क्वारेन्टाइनमा रहेका भट्ट चार दिनदेखि त्यहीँ किरिया बसेका छन् । मंगलबार आमा बितेको खबर सुनेदेखि नै जिल्ला फर्कन सबैतिर हारगुहार गरे पनि नपाएको उनको गुनासो छ ।

भारतीय प्रशासनबाट सहमति नआउँदा भट्टले क्वारेन्टाइनमै किरिया बसिरहेका छन् । पिथौरागढ जिल्लाधिकारीले बिहीबार बिहानसम्म प्रान्तीय सरकारको सहमति चाहिने हुँदा देहरादुनमा पत्र पठाइएको तर खबर नआएको जवाफ दिएका थिए । फेरि देहरादुनले केन्द्रीय सरकारको अनुमति चाहिने जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...