कोरोना संक्रमणबाट पाल्पाका पूर्व सैनिकको लण्डनमा मृत्यु

Dhanbir thapa magar

काठमाडौं । कोरोना संक्रमणबाट बेलायतको न्युमल्डन लण्डन बस्ने पाल्पा जिल्ला समाज युकेका आजीवन सदस्य घनवीर थापा मगरको मृत्यु भएको छ ।

पाल्पा सत्यवतीको गोठादी घर भई बेलायतमा बस्दै आएका थापा मगर पूर्वगोरखा सैनिक हुन् । ७५ वर्षीय मगरको लण्डनको किङ्स्टन अस्पतालमा मृत्यु भएको हो । 

रक्तचाप र पिसाव थैलीको समस्या भई औषधी लिइरहेका थापामगरलाई पछिल्लो समय थप अस्वस्थ भएपछि मंगलबार अस्पताल भर्ना भएका थिए ।

उनी बेलायतको दक्षिण पश्चिमी शहर न्यू माल्डेनमा श्रीमतीसहित विगत ७ वर्षदेखि बस्दै आएका थिए । उनकी श्रीमती सेल्फ आइसोलेसनमा छन् भने दुई छोराहरु नेपालमै छन् ।

आर्मी नम्बर २११५५६३१ रहेका थापा सेकेण्ड सेकेण्ड गोरखा राइफल्सका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...