भक्तपुरमा लकडाउन थप कडाई गरिने 

Vaktapur news

भक्तपुर । बैशाख ११ गतेदेखि जारी लकडाउन भक्तपुरका पितलो भएको आरोप लागिरहेका बेला जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लामा लकडाउनको पालनामा थप कडाई गर्ने भएको छ ।

समितिका अध्यक्ष भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार नेपाल सरकारले जारी गरेको लकडाउन व्यवस्थापन गर्न गृह मन्त्रालयबाट प्राप्त भएको निर्देशनमा कडाई गर्ने निर्णय भएको छ । 
बुधकार बसेको बैठकले भक्तपुर जिल्लामा कोभिड १९ को प्रतिरोधका लागि हालसम्म भएको स्वास्थ्य तयारी सन्तोषजनक रहेको र स्वास्थ्य उपचारको लागि आवश्यक उपकरण एवम् औषधिको व्यवस्थापन एवम् तयारी स्थानीय तहहरुले अझ सशक्त रुपमा गर्ने निर्णय गरेको छ ।

बैठकले अति विपन्न नागरिकको लागि राहत वितरणको कार्य सम्बन्धित वडाहरुबाट एकद्धार प्रणालीबाट मात्र व्यवस्थापन गर्ने निर्णय गरेको छ । बिस्केट जात्राको बाँकी कार्यक्रमलाई भीडभाडरहित तरिकाले व्यवस्थापन गर्ने, जिल्लाको लागि आवश्यक खाद्यान्न भण्डारणको व्यवस्थापन सुरक्षा निकायले गर्ने र सोको लागि आवश्यक स्रोतसाधन स्थानीले तहले समेत उपलब्ध गराउने र अनावश्यक रुपमा जम्मा भएको भीड नियन्त्रण र बजार व्यवस्थापन गर्ने सुरक्षा निकायले स्थानीय तहसँग समन्वय गरी अझ कडाइ गर्दै लाने निर्णय बैठकले गरेको जनाइएको छ ।

मध्यपुर थिमि नपाबाट सञ्चालित नेपाल कोरियामैत्री अस्पतालमा तयार गरिएको पीसीआर मेसिनबाट कोभिड १९ परीक्षण गर्ने स्वीकृतिको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुरोध गर्ने र भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनस्थलमा विभिन्न देशबाट नेपाल आएका १६ जनाको व्यवस्थापन र खानपानमा भएको एकमुष्ठ खर्चको बिल भुक्तानीको लागि सम्बन्धित निकायमा सिफारिस गर्ने भएको छ ।

बैठकमा जिल्लाका नगरपालिकाका प्रमुखहरुले बैठकमा हालसम्म गर्दै आएको कार्यबारे स्पष्ट पारिएको थियो भने सुरक्षा निकाय प्रमुखहरुले कोरोनासँग सम्बन्धित भएर गरेका कामहरुकोबारे बैठकमा प्रस्ट पारेका थिए । बैठकमा जिल्लाका चारवटै नगरपालिकाका नगर प्रमुखहरुलाई आमन्त्रण गरिएको थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...