दुबईमा २९६ नेपाली श्रमिक भोकभोकै, दुताबास मौन

Uae sramik news

काठमाडौं । विश्व यतिबेला कोरोनाको संक्रमणले थलिएको छ । कोरोनाले अधिकांस देश थला परेपछि अधिकांस मुलुकहरुले आफ्ना नागरिकलाई फर्काइरहेका छन् । तर, संयुक्त अरव इमिरेट्स (दुबई) मा काम गर्ने तीन सय कामदार कम्पनीको बदमासीले त्यसै अलपत्र परेका छन् ।

दुवईको फ्लेक्स फेसिलिटी मेनेजमेन्ट एलएलसी सप्लाइ कम्पनीमा कार्यरत २ सय ९६ जना नेपाली कामदार कम्पनीले तलव नदिएपछि भोकभोकै परेका छन् । ती सबै श्रमिक काठमाडौंको ह्युमन रिसोर्स प्रालिमार्फत दुबई पुगेका थिए ।

अधिकांस कामदार दुबई पुगेको तीन महिना नहुँदै कम्पनीले भनेबमोजिम तलब नदिएपछि बिबाद भएको थियो । कम्पनीले तलव नदिएपछि अधिकांस श्रमिक आफ्नै पैसाले नेपाल फर्किन चाहेका थिए । तर सरकारले अन्तर्राष्ट्रिय उडान बन्द भएपछि उनीहरु भोकभोकै बस्न बाध्य भएका छन् ।

दुवई पुगेको तीन महिनामा तोकिएको तलव नदिएपछि सबै जना नेपाल फर्किने गरी एयरपोर्ट पुगेका थिए । तर, अन्तर्राष्ट्रिय उडान बन्द भएपछि कम्पनीमै पुगेका थिए । तर, कम्पनी प्रवेशमै रोक लगाइएको थियो ।

निक्कै प्रयासपछि सबै श्रमिक हाल कम्पनी परिषरमै छन् । कम्पनीमै बसेका भए पनि उनीहरुसँग खाने पैसासमेत छैन भने कम्पनीले केही सहयोग गरेका छैन ।

कम्पनीले वेवास्ता गरेपछि मजदुर एकता समाजका समर्पण भट्टराई, दुबई नेपाली एकता समाज र बिभिन्न समाजसेवीको दबाबपछि मेनपावरले ९ हजार दिराम पठाएको थियो । तर, त्यो पैसाले २ सय ९६ जनालाई ५ दिन मात्र खान पुगेको थियो ।

उनीहरुलाई केही दिनसम्म चाँही चाइनिज कम्पनीले बचेको खाना दिने गरेको थियो । अहिले त्यो पनि बन्द गरेको छ । अहिले सबै भोकभोकै बस्न बाध्य भएका छन् । अहिले उनीहरु नुन र पानीको भरमा सास अल्झाइरहेका छन् ।

नेपाल फर्किन आफुसँग भएको पैसाले टिकट काटेका थिए । तर, एयर अरबियाले फिर्ता नहुने बताएपछि उनीहरु दोहोरो मारमा परेका छन् ।

त्यहाँ काइरत श्रमिकहरुले समस्या आएपछि बिभिन्न समाजसेवीमार्फत दुताबासको ध्यानाकर्षण गराइएका थिए । तर कम्पनीले नै खाने व्यवस्था गरेको भन्दै दुताबासका कर्मचारी पन्छिने गरेका छन् ।

बिभिन्न माध्यमबाट बैदेशिक रोजगार बिभाग, श्रम मन्त्रालाय लगायत ठाउमा ध्यानाकर्षण गराइएको छ । तर नेपाल सरकार र दुतावासले नै वेवास्ता गर्दा सबै श्रमिक भोकभोकै मर्ने अवस्था आइसकेको ले पनि बेवास्ता गरेको नेपाली एकता समाजका सचिव दिपक रम्तेलले बताए ।

अधिकांस पीडितहरुले भोकै मरे पनि आफ्नै मुलुक पुगेर मर्ने, त्यसका लागि नेपाल फर्किन वातावरण मिलाई दिन अनुनय गर्दा राजदुत कृष्णप्रसाद ढकाललगायत श्रम सहचारी मौन रहने गरेको उनीहरुको आरोप छ । 

प्रतिकृया दिनुहोस