कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३४ हजार नाघ्यो

Corona test

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ३४ हजार ६ सय १५ पुगेको छ । संक्रमितको संख्या बढेर २० लाख ८३ हजार ३ सय ४ पुगेको छ ।

विश्वका विभिन्न देशमा पाँच लाख ९ हजारभन्दा धेरै कोरोना सङ्क्रमित निको भएका छन् । अहिलेसम्म दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरसको सङ्क्रमण फैलिँदा २० लाख ७७ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

५ लाख १० हजार ३ सय ४१ जना उपचारपछि घर फर्किएका छन् । संक्रमितमध्ये ५१ हजार १ सय ४२ जनाको अवस्था गम्भीर छ ।

गएको २४ घण्टामा मात्रै विश्वका विभिन्न देशमा सात हजार सात सयभन्दा धेरैको ज्यान गएको छ । बुधबार अमेरिकामा सबैभन्दा धेरै २ हजार ४ सय ८२ र फ्रान्समा १ हजार ४ सय ३८ जनाको मृत्यु भएको छ । बेलायतमा ७ सय ६१, इटलीमा ५ सय ७८, स्पेनमा ५ सय ५७ र बेल्जियममा २ सय ८३ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ४ सय नाघेको छ भने १२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । 

 

 

प्रतिकृया दिनुहोस