बहराइनबाट फर्किएका गोरखाका युवामा कोरोना पोजिटिभ

Corona test kit

गोरखा । बहराइनबाट फर्किएका गोरखा आरुघाटका एक युवामा कोभिङ–१९ (कोरोना) पोजेटिभ देखिएको छ । र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) किटबाट गरिएको कोरोना परीक्षणमा पोजिटिभ देखिएको हो । 

आरुघाट गाउँपालिका–५ का ३१ वर्षीय ती युवा फागुन २३ गते बहराइनबाट फर्किएका थिए । विदेशबाट फर्किएको ४० दिनपछि परीक्षण गर्दा उनमा संक्रमण देखिएको हो । उनको स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको छ ।

आरुघाटमा विदेशबाट आएका सबैको परीक्षण गरिँदा उनको मात्रै पोजिटिभ देखिएको हो। उनीसँगै विदेशबाट आएका अर्का व्यक्तिको पनि स्वाब परीक्षणका लागि पोखरा पठाइएको छ।

किटबाट परीक्षण गर्दा पोजिटिभ देखिए पनि उनमा कोरोनाको लक्षण नदेखिएको र उनी बिरामी पनि नभएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायण अर्यालले बताए । 

प्रतिकृया दिनुहोस