कोभिडको प्रभाव : ७७ प्रतिशत नेपालीको स्वदेश फर्किने ईच्छा

Nrn logo

काठमाडौं । विश्वभर फैलिएको कोभिड १९ का कारण विश्वका विभिन्न देशमा रहेका नेपालीहरु अतालिएका छन् । उनीहरुले नेपाल फर्किने र नेपालमै केही गर्न चाहेको इच्छा व्यक्त पनि गरिरहेका छन् ।

विदेशभर छरिएर रहेका ७७ प्रतिशत नेपालीले स्वदेश फर्किने ईच्छा देखाएका छन् । गैरआवासीय नेपाली संघ एनआरएनएले गत आइतवारदेखि सुरु गरेको २४ सै घन्टा हेल्पलाइनमा फोन गर्ने मध्यका ७७ प्रतिशतले नेपाल फर्किन चाहेको र त्यसको लागि आवश्यक प्रबन्ध गरिदिन आग्रह गरेका हुन् ।

११ प्रतिशतले विदेश जानको लागि आवश्यक प्रकृया पूरा गरिदिन आग्रह गरेका छन् । अन्य समस्या हुनेमा १२ प्रतिशत गैरआवासीय नेपाली छन् ।

गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माका अनुसार संघमा प्राप्त फोन कलका आधारमा सबैभन्दा धेरै २५ प्रतिशत मध्यपूर्वका गैरआवासीय नेपालीले नेपाल फर्किन चाहेका छन् । त्यहाँका नेपालीको जागिर छुटेको वा कम्पनीबाट राजीनामा दिएर नेपाल जानको लागि तयारी अवस्थामा रहेको देखिएको एनआरएनएले जनाएको छ ।

संघलाई प्राप्त टेलिफोनमध्ये भारतको मुम्बई, हैदरावाद, नैनिताल, हरियाना, नयाँ दिल्लीमा नेपालीको ठूलो समूह खान बस्नसमेत नपाएर अलपत्र परेको गुनासो गरेका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...