सातवटै प्रदेशको दोस्रो बजेट आज आउदै, कस्को बजेट कुन शिर्षकमा कति ?

Nepal budget

काठमाडौं । सातवटै प्रदेशले आज आफ्नो दोस्रो बजेट ल्याउँदैछन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले प्रदेश सरकारले असार १ गते नै बजेट ल्याउनुपर्ने व्यवस्था गरे अनुसार प्रदेश सरकारहरुले आज बजेट सार्बजनिक गर्न लागेका हुन् ।

प्रदेश नम्बर १ ले गतवर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षमा ३५ अर्ब ९३ करोडको बजेट सार्वजनिक गरेको प्रदेश नम्बर १ ले आगामी आर्थिक बर्षका लागी करिब ३६ अर्ब रुपैयाँको बजेट ल्याउन लागेको प्रदेश योजना आयोगले जनाएको छ । प्रदेश नम्बर २ ले करिब ३२ देखि ३४ अर्ब रुपैयाँ सम्मको बजेट ल्याउने गृहकार्य गरेको छ ।

चालु आर्थिक बर्षका लागी २९ अर्ब रुपैयाँको बजेट ल्याएको प्रदेश नम्बर २ ले करिब ४ अर्बको बजेट बृद्धि गर्दै बजेट ल्याउने तयारी गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। यस्तै प्रदेश नम्बर ३ ले सबैभन्दा धेरै ५० अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।

पहिलो वर्ष ३५ अर्ब ६१ करोड रुपैयाँ बजेट ल्याएको प्रदेश नम्बर ३ ले आगामी आर्थिक बर्षका लागि करिब ५० अर्ब हाराहारीको बजेट ल्याउने गृहकार्य गरेको हो । त्यस्तै गण्डकी प्रदेशले आगामी आर्थिक बर्षका लागी करिब ६ अर्बले वृद्धि गरी ३० अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ। प्रदेश नम्बर ५ ले झन्डै २५ प्रतिशतले बजेट वृद्धि गर्ने गरी ३५ अर्ब हाराहारीको ल्याउँदै छ । प्रदेश नम्बर ५ ले पहिलो वर्ष २८ अर्बको बजेट ल्याएको थियो ।

यस्तै कर्णाली प्रदेशले केन्द्र सरकारसँग ऋण नलिने गरी बजेट ल्याउने जनाएको छ। बजेटको आकार भने ३० देखि ३२ अर्ब रुपैयाँ हाराहारीको हुने आर्थिक तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिए । सुदूरपश्चिम प्रदेशले सबैभन्दा सानो बजेट ल्याउने तयारी गरेको छ । गतबर्ष २५ अर्ब रुपैंयाको बजेट ल्याएको सुदूरपश्चिम प्रदेशले अहिले करिब ४ अर्ब रुपैयाँले बजेटको आकार वृद्धि गरेर बजेट ल्याउने तयारी गरेको छ । प्रदेशहरुले पहिलो बजेटमध्ये औसतमा २२ प्रतिशत मात्र खर्च गरेका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...