साताको तेस्रो दिन नेप्सेमा सामान्य वृद्धि, शून्य दशमलव १७ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको तेस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा) सामान्य वृद्धि कायम भएको । यस दिन नेप्से शून्य दशमलव १७ अंकले बढेर १ हजार २७५ दशमलव ९८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

सोमबार १७३ कम्पनीको ६१ करोड ३ लाख ३४ हजार ८३१ रुपैयाँबराबरको २० लाख ७२ हजार २८२ कित्ता सेयर कारोबार भएको बजारमा मंगलबार भने १७४ कम्पनीको ४८ करोड ८ लाख ७६ हजार ९८६ रुपैयाँबराबरका १५ लाख ९ हजार ८८५ कित्ता सेयर कारोबार भएका छन् । यस दिन कारोबारमा आएका १२ वटा उपसमूहमध्ये ६ वटा उपसमूह बढ्दा ६ वटा उपसमूह घटेका छन् । सबैभन्दा बढी व्यापार समूह ३ दशमलव १४ प्रतिशतले बढेको छ ।

जसको ७ दशमलव ६९ अंकको वृद्धि कायम भएको छ भने बैंकिङ २ दशमलव ४६ अंक, विकास बैंक ३ दशमलव १७ अंक, जलविद्युत् ४ दशमलव ६६ अंक, लद्युवित्त ३ दशमलव ५८ अंकले बृद्धि हुँदा म्युचुयल फन्डसमेत बढेको छ ।

 होटेल ५ दशमलव ५१ अंक, जीवन बिमा १ दशमलव १ अंक, वित्त १ दशमलव ३ अंक, निर्जीवन बिमा ४८ दशमलव ३१ अंक र अन्य समूह ५ दशमलव १८ अंकले कारोबार घटेको छ । कारोबार गर्ने कम्पनीको आधारमा अग्रस्थानमा सिभम सिमेन्ट रहेको छ । जसको कारोबार ३ करोड ७८ लाख २४ हजार ५२७ रुपैयाँको बराबरको कारोबार भएको छ ।

एनआईसी एसिया बैंक, कृषि विकास बैंक, नेपाल बैंक प्रभु बैंक, नेपाल क्रेडिट एन्ड कमर्सियल बैंकलगायतका कम्पनी कारोबारका आधारमा अग्रस्थानमा रहेका छन् । सोमबार सर्वाधिक कमाउनेमा पाँचथर पावर कम्पनी र खानीखोला हाइड्रो पावर कम्पनीका लगानीकर्ता रहेका छन् । पाँचथर पावर ९ दशमलव ५२ र खानीखोलाको सेयर मूल्यमा ९ दशमलव २३ प्रतिशतले बढेको छ ।

सिनर्जीपावर डेभलोपमेन्टको ७ दशमलव ६९ प्रतिशत र माउनटेन हाइड्रो नेपालको ७ प्रतिशतले सेयर मूल्य बढेको छ भने सर्र्वाधिक गुमाउनेमा नेपाल हाइड्रो डेभलोपरका लगानीकर्ता रहेका छन् । जसको सेयर मूल्य ९ दशमलव ६१ प्रतिशतले घटेको छ । वर्डमर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, सूर्योदय लघुवित्तलगायतका कम्पनीले गुमाएका छन् । त्यस्तै क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक शून्य दशमलव ४० अंकले वृद्धि भई २७२ दशमलव ८६ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...