पुनर्निर्माणका लागि भारतले दियो १ अर्ब ६० करोड

काठमाडौं । भारत सरकारले भूकम्पपछिको पुनर्निर्माणको लागि नेपाल सरकारलाई एक अर्ब ६० करोड रुपैयाँ हस्तान्तरण गरेको छ।  नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले अर्थमन्त्री युवराज खतिवडालाई १ अर्ब ६० करोडको चेक सोमबार हस्तान्तरण गरेका हुन्।

यस अघि सन् २०१८ मा भारत सरकारले पुनर्निर्माणको लागि २ अर्ब  १० करोड र ८० करोड सहयोग गरेको थियो। उक्त रकम नुवाकोट र गोरखा जिल्लाका निजी आवास पुनर्निर्माणका लागि खर्च गरिने छ। २०७२ वैशाख १२ को भूकम्पपछि  भारतले निजी आवास, अस्पताल, विद्यालय, ऐतिहासिक सम्पदा र अन्य भौतिक संरचनाको पुनर्निर्माण नेपाललाई सहयोग गर्दै आइरहेको छ। 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...