ग्रीनसिटीमा अस्पतालमा भयो रविनाको मलद्वारको निःशुल्क शल्यक्रिया

काठमाडौं । जन्मदेखि नै मलद्वार नभएकी दाङकी ८ वर्षीया बालिकाको सफल शल्यक्रिया भएको छ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ की रविना योगी मलद्धारको शल्यक्रिया भएपछि नयाँ जीवन पाएकी छन् । आठ वर्षसम्म उनको पेटमा प्वाल बनाएर दिशा निकाल्ने व्यवस्था गरिएको  थियो । 

आर्थिक अवस्था अत्यन्त कमजोर रहेका कारण मलद्धारको सल्यक्रिया हुन नसकेपछि बसुन्धरास्थित ग्रीनसिटी अस्पतालले उनको निःशुल्क अप्रेशन गरिदिएको हो । 

बरिष्ठ वालशल्य  चिकित्सक डा. गेहराज  दाहालको नेतृत्वमा एनेस्थेसियामा डा. आशिष अमात्य र स्टाफ नर्सहरुको टोलीले पाँच घण्टा लगाएर उनको मलद्धारको अप्रेशन गरिएको थियो । 

विपन्न परिवारका शिवहरी योगी र लक्ष्मी योगीको कोखबाट जन्मजात मलद्वारविहीन छोरी जन्मिएपछि बुटवल, पाल्पा र काठमाडौंका विभिन्न अस्पतालमा उपचार र शल्यक्रिया प्रयास गरे पनि सफल हुन सकेको थिएन ।

ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले यस्तो खालको सेवागर्ने अबसर अस्पतालाइ प¥यो भने जुनसुकै बेला पनि गर्न तयार रहेको बताए । अध्यक्ष टन्डनले अस्पतालले विपन्न परिवारका विरामीलाई निःशुल्क उपचारको व्यवस्था गरेको र महिनाको दुइवटासम्म निःशुल्क अप्रेशनसमेत गर्ने गरेको जानकारी गराए । 

ग्रीनसिटीले यसअघि आर्थिक विपन्नताका कारण लामो समयसम्म उपचार नपाएका मलद्वारविहीन दुई दलित बालिकाहरु ९ महिना उमेरकी लोकमाया सुनार र १३ वर्षीया लिला विकको निःशुल्क उपचार गरेको थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...