प्युठानमा बन्यो बहुउद्देश्यीय सहकारी संघको तदर्थ समिति

प्यूठान । बहुउद्देश्यीय सहकारी संघको जिल्लाको जिल्ला भेला सम्पन्न भएको छ । जिल्लाका १३ वटा बहुउद्देश्यीय सहकारीबाट प्रतिनिधित्व भएको सो भेलाले लक्ष्मी श्रेष्ठ संयोजक रहेको जिल्ला बहुउद्देश्यीय सहकारी संघको तदर्थ समिति गठन गरेको छ ।

सो तदर्थ समितिको उपाध्यक्षमा बिमला पौडेल, सचिवमा सिवा गिरी, कोषाध्यक्षमा प्रतिक्षा जिसी रहेका छन् भने सदस्यमा दिनेश केसी, बिनोद पोख्रेल, नारायणी पौडेललाई चयन गरेको छ । 

सो भेलाले दिनेश केसीको संयोजकत्वमा जीवलाल न्यौपाने र लोकेन्द्र सुनार, टुकबहादुर रोका, राधा पुलामी रहेको ५ सदस्यीय विनियम समिति सर्वसर्मतले चयन गरेको छ । 

सो भेलाको उदघाटन कार्यक्रममा बहुउद्देश्यीय सहकारी सघंका सञ्चालक सदस्य लोकेन्द्र सुनार, जिल्ला सहकारी सघंका अध्यक्ष जीवलाल न्यौपाने लगायतले सरकारले ल्याएको ऐन कानुनअनुसार बहुउद्देश्यीय सहकारी चल्न समस्या हुने भएकाले बहुउद्देश्यीय सहकारीहरु अब आफ्नो हक हित र व्यवस्थापनमा जुटनुपर्नेमा जोड दिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...