धरानमा अझैं नियन्त्रणमा आउन सकेन डेंगु, डेंगु संकटग्रस्त वडा घोषणा

धरान । सुनसरीको धरानमा फैलिएको डेंगु रोगको संक्रमण एक महिना वित्दा पनि अझै नियन्त्रण हुन सकेको छैन । डेंगु नियन्त्रणमा आउन नसकेपछि धरान उपमहानगरपालिकाले वडा नम्बर ८ र १५ लाई डेंगु संकटग्रस्त वडा घोषणा गरेको छ ।

पोथी लामखुट्टेको टोकाईबाट सर्ने प्राणघातक रोग डेंगु नियन्त्रण गर्न उपमहानगरपालिका र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पहल थालेको भए पनि दिनप्रदिदिन डेंगुका बिरामी बढिरहेका छन् । 

धरानमा हालसम्म दुई सय १७ जनालाई डेंगु रोग लागेको पुष्टि भएको छ । जसमध्ये १ सय ८५ जना विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र ३२ जना विजयपुर हस्पिटलमा उपचाररत छन् । धरानमा डेंगुको प्रकोप बढेपछि प्रदेश १ को सामाजिक विकास समितिले स्थलगत अनुगमन समेत गरेको छ ।

डेंगु संकटग्रस्त वडामा संकटग्रस्त क्षेत्र घोषणा गरिएका वडामा डेंगु नियन्त्रणका लागि विशेष टोली परिचालन गरिने धरानकी कार्यवाहक मेयर मञ्जु भण्डारीले बताएकी छन् । जनचेतानामुलक कार्यक्रम र लामखुट्टे मार्ने काम पनि भइरहेको उनले बताइन् ।

लामखुट्टेले टोकेपछि सुरुमा ज्वरो आउने, शरीरमा दादुरा जस्ता फोका आउने, लिभर फुल्ने, पेटमा पानी जम्ने, गिजाबाट रगत आउने र शरीर दुख्ने डेंगु रोगका लक्षण हुन् । डेंगु भाईरस डेन वान, डेन टु, डेन थ्री र डेन फोर गरी चार प्रकारका हुने गरेको विपी प्रतिष्ठानका सहायक प्रवक्ता डा. अशोक ऐरको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...