लोकसेवा आयोगका अध्यक्ष मैनाली र लालबाबु पण्डितको पुत्ला दहन

जनकपुर । जनकपुरमा लोडसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनाली र लालबाबु पण्डितको पुत्ला दहन गरिएको छ । यूवाहरुले लोकसेवा आयोगको विरोधमा समान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको पुत्ला दहन गरेका हुन् । लोकसेवा आयोग र सरकारविरुद्ध जनकपुरका यूवाहरुले विरोध प्रदर्शन गर्दै पुत्ला दहन गरेका छन् ।

लोकसेवा आयोगमा विज्ञापनमा समावेश सिद्धान्त विपरीत र त्रुटिपुर्ण रुपमा निकालेको भन्दै युवाहरुले समान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको पुत्ला जलाएको हो ।

युथ एक्सन फोर्स र लाईन्स युथ क्लबका युवाहरुले संयुक्त रुपमा मन्त्री पण्डित र अध्यक्ष मैनालीको पुत्ला दहन गर्दै राजिनामाको मागसमेत गरेका छन् । जनकपूरस्थित भानु चौकमा पुतला दहन गर्दा स्थानीय प्रहरी र युवा विच पुतला जालाउने विसयलाई लिएर घमशा घमसी समेत भएको थियो ।

प्रतिकृया दिनुहोस