प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पहिलो पटक १५० जनाले रोजगारी पाए

काठमाडौं । प्रधानमन्त्री रोजगार अन्र्तगत पहिलो पटक १५० जनाले रोजगार पाएका छन् ।  चालु आर्थिक वर्षमा बेरोजगार युवालाई ३० दिनको रोजगारी उपलब्ध गराउने सरकारको नीतिअन्तर्गत आज पहिलो पटक १५० जना श्रमिकले रोजगार पाएका हुन् ।

गुल्मीको धुर्कोट गाँउपालिकाबाट ३० दिने प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको हो । धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोख्रेलले सडक मर्मत कार्यमा ८१ जनाले रोजगारी पाएका छन् । 

त्यस्तै विभिन्न शिक्षण संस्थामा १३ जना, स्वास्थ संस्थाहरुमा ४ जना, कृषि र पशुपालनमा १५, सिँचाइ, कुलो मर्मतमा १५, विद्युत मर्मतमा ७ जना र खानेपानी मर्मतमा १५ जना गरी जम्मा १५० जनाले ३० दिनको रोजगारी पाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रमु कार्यान्वयनमा ल्याएको घोषणा गरेका थिए । ५ वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीको अवस्थालाई अन्त्य गर्ने लक्ष्य राख्दै स्वदेशमै रोजगारीका प्रशस्त अवसर सिर्जना गर्ने सरकारले उद्देश्य राखेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...