कति बढ्यो कर्मचारीको तलव ? अब खरिदारले २७५६४ र मुख्यसचिवले ६५१३६ पाउने

काठमाडौं । सरकारले निजामति क्षेत्रका कर्मचारीको तलव बढाएको छ । सरकारले विभिन्न पदमा फरकफरक अनुपातमा आधारभूत तलब बढाएको छ ।

सरकारले बुधबार बजेट ल्याउँदै १८ प्रशित र २० प्रतिशत तलव बढाएको हो । अधिकृतभन्दा माथि र तल गरेर तलब वृद्धिको तयारी गरिएको हो । अधिकृतमाथिको लागि १८ प्रतिशत र तलको २० प्रतिशत तलब बढाइएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेट अनुसार खरिदारको हालको २२ हजार एक सय ७० रुपैयाँमा २० प्रतिशत अर्थात ४४३४ रुपैयाँ थपिएर २६६०४ पुग्ने छ । 

त्यसैगरी खरिदार (अतिरिक्त मान) को हालको २२९७० रुपैयाँमा २० प्रतिशत अर्थात ४५९४ रुपैयाँ थपिएर २७५६४ पुग्ने छ । 

नायव सुब्बाको हालको २३५०० रुपैयाँमा २० प्रतिशत अर्थात ४७०० रुपैयाँ थपिएर २८२०० पुग्ने छ । नायव सुब्बा ९अतिरिक्त मान० को हालको २५६८० रुपैयाँमा २० प्रतिशत अर्थात ५१३६ रुपैयाँ थपिएर ३०८१६पुग्ने छ । 

शाखा अधिकृतको हालको ३०५०० रुपैयाँमा १८ प्रतिशत अर्थात ५४९० रुपैयाँ थपिएर ३५९९९ पुग्ने छ। उपसचिवको हालको ३४२२० रुपैयाँमा १८ प्रतिशत अर्थात ६१६० रुपैयाँ थपिएर ४०३८० पुग्ने छ । 

सहसचिवको हालको ४०१५० रुपैयाँमा १८ प्रतिशत अर्थात ७२२७ रुपैयाँ थपिएर ४७३७७ पुग्ने छ। सचिवको हालको ५१४२० रुपैयाँमा १८ प्रतिशत अर्थात ९२५६ रुपैयाँ थपिएर ६०६७६ पुग्ने छ । त्यसैगरी मुख्यसचिवको हालको ५५२०० तलबमा १८ प्रतिशत अर्थात् ९९३६ रुपैयाँ थपिएर ६५१३६ पुग्नेछ ।

प्रतिकृया दिनुहोस