२० प्रतिशतले बढ्यो कर्मचारीको तलव

काठमाडौं । सरकारले निजामति क्षेत्रका कर्मचारीको तलव बढाएको छ । सरकारले विभिन्न पदमा फरकफरक अनुपातमा आधारभूत तलब बढाएको छ ।

सरकारले बुधबार बजेट ल्याउँदै १८ प्रशित र २० प्रतिशत तलव बढाएको हो । अधिकृतभन्दा माथि र तल गरेर तलब वृद्धिको तयारी गरिएको हो । अधिकृतमाथिको लागि १८ प्रतिशत र तलको २० प्रतिशत तलब बढाइएको हो । 

हाल तल्लो तहका कर्मचारीले महिनामा न्युनतम १८ हजार ४ सय रुपैयाँ तलब पाउँदै आएका छन् । महंगी भत्ता यथावत राखिएको छ । कर्मचारीका महंगी भत्ता बढाउँदा कर्मचारीको मनोवल उच्च हुने अथृमनत्री डा. युवराज खतिवडाको विश्वास छ । अहिले निजामती कर्मचारीलाई वार्षिक १० हजार रुपैयाँ पोसाक भत्ता उपलब्ध छ । 

यद्यपी निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले नै आगामी आर्थिक वर्ष २०७६र७७ को बजेट ल्याइदा कर्मचारीको तलव न्युनतम ३५ हजार कायम गर्न माग गरेको थियो । तर, सरकारले २० प्रतिशत तलव बढाएको हो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...