प्रदेशबाटै हेल्लो सरकार चलाइने, राष्ट्रिय परिचय पत्र वितरणलाई थप प्रभावकारी बनाइने

काठमाडौं । राज्यको सम्पत्ति अनाधिृकत रुपमा दोहन गर्ने परम्परा अन्त्य गरिने छ । हेल्लो सरकारलाई स्तरोन्नती गर्दै सबै प्रदेशमा सञ्चालन गरिने भएको छ । प्धानमनत्री कार्यालयमा एक्सन रुम स्थापना गरि सबै प्रदेशमा भएका कायृहरुको अनुगमन गरिने छ । 

न्यायमा सबेको पहुँच स्थापित गराइने छ । अदालत र न्यायीनक निकायको भवन निमाृण गरिने छ । दलित, महिला र गरिवका लागि निशुल्क कानुनी परामर्स सेवा प्रदान गरिने छ । 

नेपालको परराष्ट्र नीति आफनै प्रकारको हुनेछ । छिमेकी राष्ट्रसँग सम्बन्ध थप सुढृढ बनाइने छ । राहदानी सेवालाई विद्युतीय सेवामा परिणत गरिने छ । 

नागरिकलाई भयरहित रुपमा व्यवसाय गर्न प्रेरित गरिने छ । सबै सुरक्षा निकायलाई थप बलियो बनाइने छ । कारागारहरुको भवन निर्माणमा ध्यान दिइने छ भने कैदी बन्दीहरुको सीपलाई विकास गरिने छ ।

राष्ट्रिय परिचय पत्र वितरणलाई थप प्रभावकारी बनाइने छ । २ वर्षभित्र एक नेपालीले एक परिचय पत्र मात्रै बोक्ने वातावरण बनाइने छ । 

राष्ट्रिय सेवा दललाई स्थानीय तहसम्म लगिने छ । 


प्रतिकृया दिनुहोस