जनता आवास कार्यक्रमका लागि ४ अर्ब ३० करोड, २० हजार घरका फुसका छाना विस्थापित गरिने

काठमाडौं । सरकारले यातयात र पुर्वाधार क्षेत्रको विकासका लागि १ अर्व ५३ करोड विनियोजन गरेको छ । केही शहरहरुलाई स्मार्ट सिटीको रुपमा विकास गरिने छ । १८५ नगरपालिकामा एककिृत शहर बनाउन बजेट बनाइने छ । 

जनता आवास कार्यक्रमका लागि सरकारले ४ अर्ब ३० करोड रुपैया विनियोजन गरेको छ । २० हजार घरमा रहेका फुसका छाना विस्थापित गर्न ७३ करोड विनियोजन गरेको छ । 

सबै प्रदेशमा सम्मेलन केन्द्र बनाउन बजेट विनियोजन गरिएको छ । स्थानीय तहको पूर्वाधार विकासका लागि बजेट विनियोजन गरिएको छ । एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा योजना छनौट गर्न पाइने भएको छ ।

हवाई पुर्वाधार

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई २४ घण्टा सञ्चालनको व्यवस्था गरिने छ । गौतम बुद्ध विमान स्थल निर्माण सम्पन्न गर्न ३ अर्ब ३४ करोड विनियोजन गरिएको छ । चुहानडाडामा विमान स्थल बनायने छ । नयाँ हवाई प्रवेश मार्ग बनाउन छिमेकी देशसँग सहकार्य गरिने छ ।



 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...