२ सय वटा पुल निर्माण गर्न ७ अर्ब ४७ करोड विनियोजन, सरकारले बनाउने सडक अब दुई लेनको हुने

काठमाडौं । डोल्पामा यसै वर्ष सडक पु¥याइने भएको छ । हरेक निर्वाचन क्षेत्रमा रणनीतिक सडक बनाइने छ । विपी राजमार्गलाई व्यवस्थित गर्न ९६ करोड विनियोजन गरेको छ ।  तमोर करिडोरलाई व्यवस्थित गर्न बजेट विनियोजन गरेको छ । 

काठमाडौं चक्रपथ आयोजन सम्पन्न गर्न १ अर्ब ८१ करोड विनियोजन गरेको छ । नागढुंगा सुरुङमार्ग निर्माण गर्न ६ अर्ब २७ करोड विनियोजन गरिएको छ । तराईमा रडक निर्माण गर्न ४ अर्ब ४ करोड विनियोजन गरेको छ । २ अर्ब १४ करोड सडक निर्माणका लािग विनियोजन गरिएको छ । 

पेट्रोलिय पदार्थको विकासका लागि पाइपलाईन विस्तार यसै वर्ष सम्पन्न गरिने भएको छ । उर्जाको विकासका लागि सबै क्षेत्रमा कम्तमिा दुई ठूला जलविद्युतीय आयोजना सम्पन्न गरिने भएको छ । 

छरिएर रहेको पुँजीलाई एकीकृत गरिने छ । १८ वटा आयोजनाबाट ३५०० वाट क्षमताको जलविद्युत आयोजना सम्पन्न गरिनेछ । तराईमा हुने गुइँठा विस्थापन गरिने छ ।

आगामी वर्ष २ सय वटा पुल निर्माण गर्न ७ अर्ब ४७ करोड विनियोजन गरिएको छ । राजमार्गको विकासका लागि शुल्क लिने भएको छ । सरकारले निर्माण गर्ने सबै सडक कम्तीमा दुई लेनको हुने छ । रेल मार्ग निर्माणका लागि पनि सरकारले बजेट विनियोजन गरेको छ । रेल मार्ग पनि बनाइने छ । अन्य रेलमार्गको सम्भाव्य अध्ययन गरिने छ । 

काठमाडौं लगायतका क्षेत्रमा मेट्रो तथा मोनोरेल सञ्चालन गरिने छ । सडक आसपासमा आपतकालीन हवाई ल्याण्डको व्यवस्था पनि गरिने भएको छ । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...