पर्यटन क्षेत्रको प्रवद्र्धनमा २ अर्ब ६८ करोड बजेट बिनियोजन

काठमाडौँ । सरकारले नेपाललाई सुरक्षित र आकर्षक पर्यटकीय स्थलको रुपमा स्थापित गर्दै उच्च आर्थिक वृद्धिको सम्भावना रहेको क्षेत्र भन्दै पर्यटन प्रवर्द्धनका लागि २ अर्ब ६८ करोड बजेट छुट्याएको छ ।

नेपाल भ्रमण वर्ष २०२० मनाउनका लागि पर्यटकिय स्थलहरुको प्रोफाइल निर्माण तथा प्रचारप्रसार गर्ने अर्थमन्त्री युवराज खतिवडाले बताए ।

वार्षिक बजेट प्रस्तुत गर्दै पर्वतीय, धार्मिक, स्वास्थ्य, खेल, जल पर्यटनलगायतको एकीकृत पर्यटन कार्यक्रम बनाएर सञ्चालन गर्ने बताए । उनले दार्चुला–ताप्लेजुङसम्म हरित मार्ग निमार्ण गरिने बताए । पर्यटकीय स्थलसम्म पुग्ने सडक र केबलकार निर्माणलाई जोड दिने उनले बताए ।


प्रतिकृया दिनुहोस