यस्तो छ बजेटका लक्ष्य, ७० जिल्लालाई पूर्ण साक्षर जिल्ला बनाइने

काठमाडौं । अर्थमन्त्री ड. युवराज खतिवडाले यसरी आफ्नो कार्ययोजना सहितको बजेट प्रस्तुत गरिरहेका छन् । सरकारले यसै वर्ष ७० जिल्लालाई पूर्ण साक्षर जिल्ला बनाउने भएको । 

साथै सरकारले विकासका क्षेत्रमा पछि परेका वर्ग र समुदायलाई सहयोग गर्ने निती लिएको छ । आवसइ शिक्षाको व्यवस्था पनि गर्ने भएको छ । त्यसैगरी एक विद्यार्थीलाई एक प्रकारको मात्रै छात्रवृद्धि वितरण गर्ने भएको छ । 

सरकारले विश्व विद्यालयसम्बन्धी छाता ऐन पनि ल्याउने भएको छ । मदन भण्डारी विश्द विद्यालयका लागि पनि बजेट विनियोजन गरेको छ । 

निशुल्क शिक्षाको व्यवस्था गर्ने र मात्रृ भाषाको संरक्षण गरिने भएको छ । नागरिकको जीवन स्तर सुधार गर्ने, आर्थिक विकास २०३० सम्म सम्मुनत अर्थतन्त्रको विकास गर्ने । चरम गरिवीको अन्त्य गर्ने । लोककल्याणकारी राज्यको विकास गर्ने । सार्वजनिक र सहकारी क्षेको विकास गर्दै जाने । कृषी र पर्यटनको विकास गर्ने । 



प्रतिकृया दिनुहोस