४ वर्षपछि तातोपानी नाकामा फर्कियो खुसी, चिनियाँ सामान बोकेर आए ४ कन्टेनर

काठमाडौं । तातोपानी नाकाबाट चिनियाँ सामान बोकेका चार कन्टेनर भित्रिएका छन् । ऊन बोकेर चार कन्टेनर भित्रिएसँगै ४ वर्षसम्म बन्द रहेको नाका पुनः संचालनमा आएको छ । मंगलबार मात्रै ति कन्टेनर सामान लिन चीनतर्फ लागेका थिए ।

नेपाल सरकार र चिन सरकारका बिच सन् २०१५ नोभेम्बर ५ मा काठमाडौंमा नेपाल र चीन सरकारका भन्सार अधिकारीबीच थप सात नाका सञ्चालनमा ल्याउनने सहमति भयो । सम्भाव्यता अध्ययन गर्नेसहित २० बुँदे सहमतिमा हस्ताक्षर भएको थियो । 

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र चिनियाँ राजदूत होउ यान्छोले संयुक्त रुपमा उद्घाटन गरी नाका संचालन भएको घोषणा गरे । ‘कमसेकम नाका अबरुद्ध छैन भन्ने सन्देश दिएको छ, बाटोको समस्याका कारण पहिलेजस्तो चहलपहल भने छैन’ जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक जिल्ला प्रशासन अधिकृत भीमकान्त शर्माले  बताए । 

बाटो धुलोयुक्त र खाल्डाखुल्डी भएकाले तत्कालै सवारीसाधनको आवतजावत बढ्ने संभावना नदेखिएको उनी बताउँछन् । ‘बाटो सहज छैन, मितेरी पुल आसपासमा भएका घरहरु पनि जर्जर अवस्थामा छन्, ति सबै घर भत्काउनुपर्ने अवस्था छ’ उनले भने ।

२०७२ बैशाख १२ गते गएको भूकम्पपछि नाका क्षेत्रमा व्यापार गर्दै आएकाहरु अन्यन्त्र सरे। नाका संचालनमा आए पनि जोखिमका कारण त्यहाँबाट सरेकाहरु पुनः फर्किन सकेका छैनन् ।

रसुवागढी भन्दा नजिक

संघीय राजधानी काठमाडौँबाट तातोपानी नाका नजिकै छ। चीनले भूकम्पपछि रसुवागढीलाई प्राथामिकताका साथ हेरेको थियो । रसुवागढी नाका दुरीको हिसाबमा लामो र दीगो नहुने भएपछि चिनियाँ पक्षले पुनः तातोपानी नाका सञ्चालनमा पहल गरेको हो । 

तातोपानीबाट काठमाडौं एक सय १४ किलोमिटर दुरीमा छ । खासासम्म एक सय २६ किलोमिटर रहेको छ । रसुवागढीबाट काठमाडौँ एक सय ७० किलोमिटर छ । 

रसुवागढी केरुङ दुरी २६ किलोमिट छ । केरुङ रसुवागढी काठमाडौँ एक सय ९६ किलोमिटर रहेको छ । रसुवागढी नाकाभन्दा दुरीको हिसाबमा पनि तातोपानी नाका ७० किलोमिटर नजिक छ । 

तातोपानी नाका सञ्चालनको प्रमुख जड भनेको सडक हो । काठमाडौंबाट बाह्रबिसे ८८ किलोमिटर सडक राम्रो अवस्थामै छ। बाह्रबिसे–तातोपानी २६ किलोमिटर सडकमा समस्या हुने गरेको छ । चीनको सहयोगमा समस्या भएको सडक तीव्ररुपमा मर्मत भइरहेको छ ।

नाका बन्द भएपछि देशमा तीन तहको निर्वाचन भयो । तिनै तहको निर्वाचनमा सीमाक्षेत्रका उमेद्वारको भोट माग्ने मुख्य हतियारको रुपमा तातोपानी नाकालाई लिएका थिए । 

सीमाक्षेत्रबाट पूर्वमन्त्री अग्निप्रसाद सापकोटा, प्रदेश ३ का पर्यटनमन्त्री अरुण नेपाल र स्थानीय तहमा राजकुमार पौडेल र निमफुञ्जो शेर्पा निर्वाचित भए । उनीहरु सबैले सिमाक्षेत्रमा तातोपानी नाका खुलाउँने भन्दै भोट माग्न जनताको घर दैलोमा पुगेका थिए । तर, अहिले उनीहरुले चुनावी नारा साकार भएको दावी गर्दै आएका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...