सरकारले १५ खर्बभन्दा माथिको ‘लोकप्रिय बजेट’ ल्याउँदै

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि बुधबार अपराह्न चार बजे करिब १५ खर्ब ७७ अर्ब रुपैयाँको बजेट ल्याउने भएको छ ।

राष्ट्रिय योजना आयोगले आगामी वर्षको बजेटका लागि सिलिङ परिमार्जन गरेर १५ खर्ब ७७ अर्ब  रुपैयाँ पुर्‍याएकाले यति बराबरको बजेट आउने अनुमान गरिएको हो ।

अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रिसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को अनुमानित आय-व्ययको विवरण पेस गर्नेछन् ।

जेठ १५ गते गणतन्त्र दिवसका साथै बजेट पनि प्रस्तुत गर्ने दिनका रुपमा चिनिँदै आएको छ । केपी ‌ओली नेतृत्वको नेकपा सरकारले दोस्रोपल्ट बजेट प्रस्तुत गर्न लागेको हो ।

यसपल्ट कर्मचारीको तलब बृद्धि हुने र बृद्धभत्ता बढाउने लगायत लोकप्रिय कार्यक्रम सरकारले ल्याउने अर्थ मन्त्रालय स्रोतले दाबी गरेको छ ।



प्रतिकृया दिनुहोस