४ वर्षपछि खुल्यो तातोपानी नाका

अस्थायी पुलमुनिको कच्ची सडकबाट ४ वटा खाली कन्टेनर खासा प्रवेश

काठमाडौं । भूकम्पलगत्तै बन्द भएको उत्तरी तातोपानी नाका चार वर्षपछि सञ्चालनमा आएको छ । मंगलबार बिहान ४ वटा खाली कन्टेनर ऊन ल्याउन खासा पठाएपछि नाका औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

नेपाल–चीन जोड्ने मितेरी पुल निर्माण अझै नसकिएकाले अस्थायी चल्तीमा ल्याइएको पुलमुनिको कच्ची सडकको पुल हुँदै खाली कन्टेनर खासातर्फ गएका छन् । सोमबार बेलुकी नै ४ वटा कन्टेनर ‘पास सिस्टम’ सकेर तयारी हालतमा थिए । बुधवार चार वटा कन्टेनर ऊन लिएर नेपालमा नाका खुलेको संकेत दिँदै सो सामाग्री राजधानी पुर्‍याइनेछ ।

चार वर्षसम्म ओइलाएको तातोपानी नाका अब नयाँ स्वरुपमा स्थापित हुँदैछ । भूकम्पपछि आएको पहिरोले क्षतिग्रस्त बनेको लिपिङ र तातोपानी क्षेत्रका सडक पुनःनिर्माण भइसकेको छ । 

नेपाल–चीन पास प्रक्रिया पूरा गरेर ऊन ल्याउन खासा प्रवेश गराउँदै तातोपानी नाका व्यवसायिक रुपमा खुलेको भोटेकोशी गाउँपालिका प्रमुख राजकुमार पौडेलले बताए ।
बुधबार तिब्बतको खासाबाट ऊन बोकेका कन्टेनर नेपाल प्रवेश गर्ने छन् । ऊन बोकेका ती ट्रकको नेपाली व्यवसायीले स्वागत गर्नेछन् । सम्भवत: बुधबार मितेरी पुलबाट नै कन्टेनर नेपाल प्रवेश गराइने सम्भावना पनि रहेको छ ।
तातोपानी भन्सार कार्यालय र अध्यागमनदेखि उद्योग वाणिज्य संघसँग समन्वय गरेर कामलाई थालनी गरिएको सीमाका जनप्रतिनिधिले बताएका छन् । नेपालतर्फ नयाँ भवन नबनेका कारण अध्यागमन, भन्सार चेकपोष्ट र सीमा सुरक्षाको कार्यालय मितेरी पुल नजिकै रहनुपर्ने कारणले पुरानै भवन प्रयोगमा ल्याइने भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...